Wednesday, August 19, 2020

राष्ट्रियताको संरक्षणका लागि कलम चलाउन प्रलेसको आग्रह


काठमाडौं । राष्ट्रियताको प्रवर्द्धन र सामाजिक सद्भावका लागि प्रगतिशील लेखकहरुले सक्रिय हुनुपर्नेमा जोड दिइएको छ । प्रगतिशील लेखक संघ, बागमती प्रदेश कमिटीले शनिबार भर्चुअलरूपमा आयोजना गरेको ‘राष्ट्रियताको आन्दोलनमा प्रगतिशील साहित्यको भूमिका’ विषयक संवादमा संघका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले आफूहरुले विचार प्रवाह र जागरणको आन्दोलन चलाउँदै आएको उल्लेख गर्दै प्रगतिशीलहरुले अत्याचार र थिचोमिचो नसहने स्पष्ट गरे ।
उनले भने, “एक देशले अर्को देशमाथि गर्ने थिचोमिचो र शोषण सैह्य हुँदैन । नेपालभित्रका जाति र समुदायलाई विभाजित गरेर यहाँको राष्ट्रियता कमजोर बनाउने खेल र षड्यन्त्रबाट बच्नुपर्छ । यी विषयमा हामीले सचेत भएर कलम चलाउनुपर्छ ।” भारतले मिचेको भूमि समेटेर नेपाल सरकारले नयाँ राजनीतिक नक्सा ल्याएकामा उनले समर्थन व्यक्त गरे ।

संघका पूर्वअध्यक्ष मातृका पोखरेलले राष्ट्रियताका लागि प्रगतिशील लेखकहरु अझै सक्रिय हुनुपर्ने र अमेरिकी मिलेनियम सहायता कर्पोरेशसन (एमसिसी) को विरोध गर्नुपर्ने बताए । साहित्यकार नर्मदेश्वरी सत्यालले राष्ट्रियता लेखनीमा मात्रै नभई व्यवहारमा पनि उत्तिकै प्रदर्शन हुनुपर्ने बताइन् । स्थानीय तहसम्म प्रगतिशील लेखकका पुस्तक उपलब्ध गराउन आग्रह गरिन् ।

साहित्यकार गोविन्द आचार्यले साहित्य सरल र बौद्धिकहरुका लागि हुनुपर्ने भनेर माओत्सेतुङले भनेको उल्लेख गर्दै जागरणमूलक सिर्जनामा ध्यान दिन आग्रह गरे । संघका महासचिव समीर सिंहले राष्ट्रियताका सन्दर्भमा प्रगतिशील लेखकलाई एक हुन आग्रह गर्दै संघले त्यसको अगुवाइ गर्ने बताए ।
www.nagarikkhabar.com बाट साभार 

No comments:

Post a Comment