Wednesday, September 18, 2019

प्रगतिशील लेखक लेखक संघ, सिन्धुपाल्चोकको पाचौं जिल्ला सम्मेलन सम्पन्न ।

२०७६ साल भदौ ३० र ३१ गते सम्पन्न प्रगतिशील लेखक सङ्घ, सिन्धुपाल्चोकको पाँचौ  अधिवेशनले यदुनाथ वसन्तपुरेको अध्यक्षतामा १२ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरेको  छ । कार्य समिति अध्यक्षमा यदुनाथ वसन्तपुरे, उपाध्यक्षमा हेम प्रधान,  सचिवमा निर्मल बस्नेत कोषाध्यक्षमा सरस्वती अधिकारी सदस्यहरूमा धनपति भण्डारी,दिपेन्द्र श्रेष्ठ,मन्जु नेपाल,रमेश पौडेल,ज्ञानेन्द्र तिमिल्सिना,अम्विका नेपाल,दामोदर भारती र यज्ञ दंगाल चयन भएका छन् ।

कार्यक्रम प्रगतिशील लेखक सङ्घका केन्द्रिय अध्यक्ष तथा नेपाल  प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जिवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता र  सङ्घका पूर्व केन्द्रिय अध्यक्ष मातृका पोखरेल विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त सम्मेलनको सभापतित्व प्रलेस सिन्धुपाल्चोकका अध्यक्ष दिनेश दुलालले गर्नुभएको थियो । 

सिन्धुपाल्चोक सुकुटेस्थित रक रिभर रिसोर्टमा भएको दुई दिने कार्यक्रममा पहिलो दिन सोमवार सिन्धुपाल्चोक जिल्लाका १२ गाउँपालिकामा चलाइएको वक्तृत्वकला प्रतियोगितबाट छानिएका जिल्लाका विभिन्न विद्यालयका २२ प्रतियोगीहरु सहभागी भएका थिए । २२ प्रतियोगीबाट टपटेन प्रतियोगी छानिएका थिए भने टपटेनबाट ४ जना प्रतियोगीलाई नगद पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा प्रथम चौतारा साँगाचोकगढी दक्षिणकाली माविका श्रीहरी ढुंगाना, द्धितियमा त्रिपुरासुन्दरी गाउँपालिका कालिका मा. वि. का मनिष बोहोरा, तृतियमा हेलम्बु गाउँपालिका पाल्चोक मा. वि.की विष्णुमाया तामाङ  र चतुर्थमा सुनकोशी गाउँपालिका बाघ भैरव मा. वि.की सविना केसी   ले क्रमस रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

वक्तृत्वकलामा सहभागी हुने विद्यालयहरुमा क्रमस विद्यालयहरुमा विद्यालय क्रमस जनविकास मा. वि., लागर्चे मा. वि., नवलपुर मा. वि., झिर्पु मा. वि., इष्टप्वाइन्ट एकेडेमी, भीमसेन मा. वि.,दक्षिणकाली मा. वि., सरस्वती मा. वि., बतासे मा. वि.,भद्रकाली मा. वि., पाल्चोक मा. वि.,बालशिक्षा मा. वि., मंगलामाई मा. वि.,कालिका मा. वि., घिचे तउसिहुम मा. वि.,बाघभैरव मा. वि., एसेलुखर्क मा. वि.,लक्ष्मी देवी मा. वि., कालिका देवी मा. वि. रहेका छन् ।

सम्मेलनको दोस्रो दिन  प्रगतिशिल लेखनमा र कार्यमा सक्रिय ६ लेखक तथा साहित्यकारहरुलाई सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा राजेन्द्र प्रसाद भट्टराई (रापी वाशिष्ठ), केशव नेपाल,साधुराम नेपाल,सुरेश कसजु, कृष्ण सुवेदी 'भारद्वाज मित्र' र रामप्रसाद सापकोटा दिपशिखा छन् । सम्मानित स्रष्टाहरूलाई प्रगतिशील लेखक सङ्घका  केन्द्रीय  अध्यक्ष जिवेन्द्र देव गिरी, सङ्घका पूर्व केन्द्रीय  अध्यक्ष मातृका पोखरेल , सिन्धुपाल्चोकका अध्यक्ष दिनेश दुलालले संयुक्तरूपमा सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा जनकवि जगन्नाथ आचार्य, चौतारा साँगाचोकगढीका प्रमुख अमानसिंह तामाङ, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा 'सुवोध', जनसाँस्कृतिक महाँसंघका सहसंयोजक सरल सहयात्री लगायतले मन्तव्य राख्नुभएको थियो । 

प्रलेस सिन्धुपाल्चोकको पाचौँ जिल्ला अधिवेशन उद्घाटनको अवसरमा कार्यक्रमका सभाध्यक्ष तथा प्रलेसका अध्यक्ष दिनेश दुलालले रु. दस लाखको   'कञ्चन पिताम्बर स्मृति साहित्य कल्याणकारी कोष' को स्थापना गर्ने  जानकारी पनि  गराएका  थिए । 



























































































































No comments:

Post a Comment