Friday, July 24, 2015

२०२ औं भानु जयन्ति सम्पन्न

शिवपुरी साहित्य समाज, रिचमण्ड बुक्स एण्ड स्टेशनरी र रिचमण्ड फूड क्याफेको संयुक्त  आयोजनामा यही २०७२ साल असार २६ गते काठमान्डूको चक्रपथमा  २०२ औं  भानु जयन्ति कार्यक्रम सम्पन्न  भयो । शिवपुरी साहित्य  समाजका का.वा  अध्यक्ष विष्णु  बहादुर  सिंहको  सभापतित्वमा सम्पन्न  उक्त  कार्यक्रमको  प्रमुख अतिथि   नेपाल प्रज्ञा - प्रतिष्ठानका  प्राज्ञ  परिषद  सदस्य  मातृका  पोखरेल  हुनुहुन्थ्यो ।  उक्त  कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा वरिष्ठ साहित्यकारहरू  नगेन्द्रराज शर्मा, मोहन बहादुर कायस्थ र रामकाजी कोने रहनु भएको थियो।  उज्ज्वल जि.सि , लक्ष्मी उप्रेती , पुण्य घिमिरे, कृष्णदेव रिमाल , शशी थापा पण्डित , उर्मिला पन्त , सुदेश सत्याल , मोहन बुढाथोकी, गणेशकुमार श्रेष्ठ  लगायत करिव डेढ दर्जन श्रष्टाहरू द्वारा रचना वाचन गरिएको उक्त  कार्यक्रमको स्वागत मन्तव्य साहित्यकार शंकर भारती र संचालन साहित्यिक पत्रकार  निबन्ध आचार्यले गर्नु भएको थियो। 








No comments:

Post a Comment