Tuesday, April 30, 2019

प्रलेसका पूर्व का.वा.अध्यक्ष रामप्रसाद 'प्रदिप'को तेश्रो स्मृति सभा सम्पन्न ।

प्रगतिशिल लेखक संघ, नेपाल र जनता टेलिभिजनको संयुक्त आयोजनामा २०७६ साल वैशाख १७ गते प्रलेसका पूर्व का.वा.अध्यक्ष रामप्रसाद प्रदिपको तेश्रो स्मृति सभा सम्पन्न भयो । प्रलेसका केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा मार्क्सवादी चिन्तक बेदुराम भुषाल, प्रगतिशिल लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेल र जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलले साहित्यकार रामप्रसाद प्रदिपका बारेमा आ-आफ्नो धारणा राख्नुभएको थियो । 

कार्यक्रममा प्रदीपको लेखन र सहलेखनमा सिर्जित मुलुकभित्र, आमाको काखमा, पचास रुपैयाँको तमसुकलगायतका कृतिले नेपाली समाजमा प्रगतिको पथ देखाएको चर्चा गरिएको थियो ।

प्रगतिशील साहित्यका माध्यमबाट समाज विकासको बाटो देखाउन प्रतिबद्ध प्रदीपले नाटक, गीत, कविता लेखेर साहित्यिक योगदान गर्नुभएको छ । पूर्व अध्यक्ष प्रदीप साहित्यलाई श्रमजीवी जनताको पक्षमा सदुपयोग गर्न प्रतिबद्ध हुनुहुन्थ्यो ।

हरेक वर्ष वैशाख १७ गते रामप्रसाद प्रदीप स्मृति कार्यक्रम र चौथो स्मृति दिवसमा प्रदीपका सिर्जना समेटेर स्मृतिग्रन्थ प्रकाशन गरिने भएको छ । रेलिमाई साँस्कृतिक मण्डलीका माध्यमबाट कम्युनिष्ट पार्टी विस्तारमा योगदान गर्नुभएका प्रदीपले साहित्य र सञ्चारलाई सहयात्री बनाउने परिकल्पना गर्नुभएको थियो ।प्रगतिशिल लेखक संघको आठौँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष घनश्याम ढकालको दुर्घटनाबाट  निधन पछि 'प्रदिप' कार्यवाहक .अध्यक्ष बन्नुभएको थियो । 

कार्यक्रमको संचालन प्रगतिशिल लेखक संघका महासचिव समिर सिंहले गर्नुभएको थियो । 








No comments:

Post a Comment