Tuesday, April 3, 2018

मैनाली कथा सम्मान विमललाई

श्रीराम राई 



काठमाडौँ, २० चैत २०७४ । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक पत्रकार संघले छत्तीसौं कथा दिवस समारोहको आयोजना सम्पन्न गरेको छ।
आधुनिक नेपाली कथाको प्रवर्तक गुरुप्रसाद मैनालीको नाममा रु एक लाख एक हजार राशिसहितको स्थापित मैनाली कथा पुरस्कार वरिष्ठ कलाकार राजेन्द्र विमललाई प्रदान गरिएको छ। त्यसैगरी मैनाली कथा सम्मानबाट वरिष्ठ आख्यानकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ। 

sahitya4

साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथिको रूपमा रहनु भएको थियोे ।

उक्त कार्यक्रममा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथा वाचनको संयोजन गर्नुभएको थियोे । लघुकथा वाचन गर्नु हुने लघुकथाकारहरूमा किशोर पहाडी अर्थभूत, श्रीओम श्रेष्ठ रोदन एक्लै एक्लो , तुलसीहरि कोइराला बाथरुम सजावट ,सुमन सौरभ पीडा , डा. पुष्करराज भट्ट आजको तस्बिर , मन्दिरा मधुश्री नाता, राधा कार्की परिचय, सुमन वर्षा चिडियाखाना र श्रीराम राईले खरानीको रङ शीर्षकको लघुकथा वाचन गर्नु भएको थियोे ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द , पूर्व मन्त्री आरके मैनाली , प्राज्ञ मातृका पोखरेल, दामोदर पुडासैनी, डा. शान्तिमाया गिरी र महासचिव पुष्पा खनालले बोल्नु भएको थियोे । सो कार्यक्रममा वरिष्ठ साहित्यकार माया ठकुरी , मदन पुरस्कार विजेता नियात्राकार युवराज नयाँघरे, हिरण्यकुमारी पाठक लगायतको उपस्थिति रहेको थियो ।

http://bishalnepal.com बाट साभार

--------------------------------------------




-------------------------------------------








No comments:

Post a Comment