Monday, June 17, 2019

जरा फाउन्डेसन, नेपालको आयोजनामा "काभ्रेमा कविता" कार्यक्रम सम्पन्न ।

जरा फाउन्डेसन नेपालको आयोजनामा यही २०७६ साल जेठ ३२ गते 'काभ्रेमा कविता, नाम दिइएको वर्षाकालिन काव्य उत्सव- २०७६ सम्पन्न भएको छ । 
जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईंको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा . हेमनाथ पौडेल हुनुहुन्थ्यो ।
कार्यकममा कविहरू असिम सागर,कल्पना काफ्ले,छविरमण सिलवाल,प्रतिक ढकाल,मातृका पोखरेल, रन्जना निरौला,सुनिता खनाल, देवेन्द्र केसी, मोमिला जोशी, विप्लव ढकाल,विधानआचार्य, भीष्म उप्रेती, सोझो गाउॅले,रूवी सत्याल, KimJ.Barden(German जर्मन), लगायतले कविता वाचन गरेका थिए ।
कार्यक्रममा समालोचक तथा प्राध्यापक डा खगेन्द्रप्रसाद लुइटेल, आख्यानकार- कवि श्रीओम श्रेष्ट 'रोदन' (प्रधान सम्पादक गोरखापत्र दैनिक) कथाकारहरू तुलसीहरि कोइराला, सुमन सौरभ, पत्रकार मधु पाठक र भरखरै अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदुत एवम् कवि महेश दहाल, कुटनितिज्ञ तथा समाजसेवी नारायण मैनाली तथा नेपालका चर्चित सफ्टवेयर विज्ञ तथा कम्प्युटर बजारका सॅचालक भेषराज पौडेलले पनि आफ्ना मन्तव्य सहित रचना सुनाउनुभएको थियो।

-----------------------------------------------










  










  






































--------------------------------------------------------

No comments:

Post a Comment