Wednesday, December 26, 2018

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ नियुक्तिमा जनसाँस्कृतिक महासंघको चर्को असन्तुष्टि

दुई ठूला बाम पार्टी एक भए तापनि तिनका भातृ संगठनहरु भने अझै एक हुन सकेका छैनन्. तिनले छुट्टाछुट्टै अस्तित्वमा रहेरै आफ्नो क्रियाकलाप गरिरहेका छन्. दुई पार्टी एक भएको जत्ति नै ठूलो डंका बजारमा पिटे पनि आन्तरिक रुपमा तिनको मन मिलिसकेको छैन र दुई पार्टी मिलेर बनेको नेकपामा पूर्व माओबादीहरुको हैसियत के रहेछ भन्ने कुराको उदाहरण अन्यत्र खोज्नै पर्दैन केवल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ र पदाधिकारीहरुको नियुक्तिको सूची हेरे पुग्छ ।  किनकि प्रतिष्ठानका लागि प्राज्ञहरु नियुक्ति गर्दा माओबादी खेमाका तर्फबाट डा. गोपीन्द्र पौडेल र लक्ष्मी माली मात्र परेका छन् बरु माओबादीको तुलनामा राजपा, फोरम र कांग्रेसले आआफ्ना समर्थकहरुलाई बामपन्थीको बहुमतको सरकार हुँदाहुँदै पनि प्राज्ञ बनाउन सफल भए ।  माओबादी खेमाबाट प्राज्ञ बन्ने लाइनमा रहेका र बजारमा चर्चा भए अनुसार मातृका पोखरेल दोहोरिन सकेनन भने पोखरेल र सुशीला प्रधानांगको नाममाथि टिपेक्स लगाएर अरुलाई नै प्राज्ञ नियुक्त गरिएको समाचार बाहिरिएकै हो । 


आफू सत्तामा रहेको बेलामा समेत पूर्व माओबादी केन्द्रले आफ्नो समर्थक मात्र नभएर बैचारिक दृष्टिले परिपक्व रुपमा कलम चलाउने  आफ्ना प्रतिभाहरुलाई समेट्न नसक्नु र संरक्षित गर्न नसकेको प्रसंग छ्यालब्याल भैरेको बेलामा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् पदाधिकारीहरुको नियुक्तिलाई लिएर नै पूर्व माओबादी केन्द्र पार्टीको जनबर्गीय संगठन जनसाँस्कृतिक महासंघले एक प्रेस बिज्ञप्ति  जारीगर्दै  तीब्र  असन्तुष्टि व्यक्त गरेको छ. उक्त बिज्ञप्तिमा महासंघका अध्यक्ष सरल सहयात्री र महासंघका सात आंगिक संगठनका अध्यक्षहरुले पनि हस्ताक्षर गरेका छन् । 
बिज्ञप्ति मार्फत महासंघले प्रज्ञाको नियुक्तिको प्रक्रिया हेर्दा यो सरकार सामान्य प्रगतिशील चिन्तनबाट पनि अभिप्रेरित नभई राजा महेन्द्रको पंचायती सांस्कृतिक चिन्तनले ग्रसित भएको निष्कर्ष निकालेको छ. कम्युनिस्ट सरकारले जसरी सोच्नु पर्ने हो त्यो नभएकोमा पनि महासंघले आश्चर्य व्यक्त गरेको छ । 
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरु को नियुक्ति पनि नेपाल प्रज्ञा प्रतिष्ठानको नियुक्तिकै पुनरावृत्ति हुने त हैन भन्ने विषयमा आशंका व्यक्त गर्दै महासंघले बैचारिक सांस्कृतिक मूल्य मान्यता निर्माणका लागि कडा संघर्ष गर्न पछी नपर्ने जनाएको छ । 


www.swadeshnepal.com बाट साभार 
प्रकाशित मिति : ११ पुष २०७५, बुधबार

No comments:

Post a Comment