Sunday, May 19, 2019

पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला - २०७६ को सन्दर्भमा साहित्यिक कार्यक्रमको आयोजना ।

पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला - २०७६ को सन्दर्भमा २०७६ साल जेठ ५ गते नुवाकोटको ककनी, रानीपौवामा एक साहित्यिक कार्यक्रमको आयोजना गरियो । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानका अध्यक्ष  एवम् सांसद हितराज पाण्डेको सभापतित्वमा सम्पन्नकार्यक्रममा  नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसी  प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रमका अन्य अतिथिहरूमा नेपाली काङ्ग्रेसका नेता जगदीशनरसिंह केसी, संविधानसभा सांसद राममाया बोगटी , नेपाली लेखक संघका पूर्व अध्यक्ष एवम् कवि डा. नवराज लम्साल, प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोखरेल हुनुहुन्थ्यो । कार्यक्रममा कवि डा. नवराज लम्साल, मातृका पोखरेल , कवि पुरु लम्साल, कवि राज कुमार 'पुत्ला' लगायतले आफ्नो मन्तव्य  एवम् रचना वाचन गर्नुभएको थियो ।















 



 
डा. नवराज लम्सालको फेसबुक वालबाट ।

No comments:

Post a Comment