Wednesday, March 25, 2020

मात्रिका पोखरेलको कविता संग्रह मित्रताको आकाश सार्वजनिक

प्रकाशित मिति : आइत, असार २२, २०७६


बरिष्ठ प्रगतिवादी साहित्यकार तथा कवि मात्रिका पोखरेलको कविता संग्रह “मित्रताको आकाश” प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले एक समारोहका वीच सार्वजनिक गर्नुभएको छ ।

रामकृष्ण सिर्जना प्रतिष्ठानका अध्यक्ष महेन्द्रबहादुर गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा सोही कविता संग्रहबाट केही कविताहरु पनि बाचन गरिएको थियो ।

कविता वाचन गर्नुहुने कविहरुमा कृष्ण प्रसाईं, स्नेह सायमी, लक्ष्मी उप्रेती, महेश पौडेल र कवि आर.एम. डङ्गोलले कविता वाचन गर्नुभएको थियो । सो कृतिको विषयमा साहित्यकार बासुदेव अधिकारीले आफ्नो धारणा राख्नु भएको थियो । 

मित्रताको आकाशका बारेमा उठेका र उठाइएका जिज्ञासाका विषयमा कवि मात्रिका पोखरेल स्वयंले संक्षिप्त मन्तब्य मार्फत धारणा ब्यक्त गर्नु भएको थियो ।



कवि मात्रिका पोखरेल

”पछिल्लो समय आफ्ना अधिल्ला कविताहरू भन्दा अझ खाँदिएर, खारिएर र खाइलाग्दा बनाएर शशक्त हुदैआउने क्रममा सत्ता भन्दा सत्यको बागीधार बोकेर समकालिन समाजको कुरीति अनि अन्योलको विचलन बोझलाई वकालत गर्दै विभिन्न विम्वको प्रयोगले सपाट प्रस्तुति दिदै अहिलेको पुस्तामा अब्बल रहनु भएका शालिन कवि मातृका पोखरेलको नयाॅ कविता कृति “मित्रताको आकाश” आज विमोचित भएको छ। राजनैतिक,सामाजिक र समसामयिक परिवेसमा विचलित हुनलागेका मानसिकताका यथार्थ चेत सहितको गहन स्वरहरू बोकेका कविताहरू मैले त पढे।तपाई पनि पढ्नु हुन्छ कि ?”-कृष्ण प्रसाईं

कवि कृष्ण प्रसाईंले सामाजिक सन्जालमार्फत “मित्रताको आकाश” र कवि मात्रिका पोखरेलजी बारे छोटो धारणा स्पष्ट राख्नु भएको छ । म पनि त्यही धारणाप्रति सहमत छु ।

मित्रताको आकाश कविता संग्रहमा २६ वटा कवितालाई स्थान दिइएको छ । त्यसै संग्रहबाट यो कविता यहाँ साभार गरेका छौं ।


www.communistonline.com बाट साभार 



No comments:

Post a Comment