Sunday, May 19, 2019

दलित मुक्ती आन्दोलनका अभियन्ता टि. आर. विश्वकर्माको ८६ औं जन्म जयन्तीमा कार्यक्रमको आयोजना ।

दलित मुक्ती आन्दोलनका अभियन्ता टि. आर. विश्वकर्माको ८६ औं जन्म जयन्ती अवसरमा २०७६ साल जेठ ४ गते  थापागाउँस्थित लेखनकुञ्जमा एक कार्यक्रमको आयोजना सम्पन्न भयो । सामाजिक अभियन्ता मिठाइदेवि विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल हुनुहुन्थ्यो । नेपाल दलित साहित्य प्रतिष्ठान र  टि. आर. विश्वकर्मा स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार रणेन्द्र बराली, साहित्यकार मातृका पोखरेल, साहित्यकार खेम नेपाली , साहित्यकार पदम विश्वकर्मा, साहित्यकार डम्बर पहाडी लगायतले टि. आर. विश्वकर्माका बारेमा आ-आफ्नो मन्तव्य एवं रचना वाचन गर्नु भएको थियो । 




No comments:

Post a Comment