Monday, December 31, 2018

प्रगतिशील साहित्यकार हरिहर 'सविता' को सम्झनामा काव्यिक सभाको आयोजना ।

प्रगतिशील साहित्यकार हरिहर 'सविता' को सम्झनामा उहाँकै निवासस्थान  चितवनको कृष्णपुरमा  २०७५ साल पुस १४ गते शनिवार काव्यिक श्रद्धान्जली सभाको आयोजना गरियो । साहित्य संगम, चितवन, प्रगतिशील लेखक संघ, चितवन , जनसांस्कृतिक महासंघ, चितवन र छन्द काव्य प्रतिष्ठान, चितवनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व साहित्य संगम, चितवनका अध्यक्ष प्रकाश चापागाईंले गर्नुभएको थियो । प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त श्रद्धान्जली सभामा जनसांस्कृतिक महासंघ, चितवनका अध्यक्ष रामहरी श्रेष्ठ, छन्द काव्य प्रतिष्ठान, चितवनका अध्यक्ष लक्ष्मीकान्त शर्मा, साहित्यकारहरू नारायण प्रसाद खनाल, इन्द्र रेग्मी, धनेश्वर भट्टराई, रेशम विरही, मोदनाथ मरहट्ठा,  रविकिरण निर्जीवले साहित्यकार हरिहर 'सविता' को विविध पक्षमाथि चर्चा गर्नुभएको थियो । 
साहित्यकार हरिहर 'सविता'का ज्येष्ठ दाजु रामकृष्ण रेग्मीले 'सविता'को संघर्षशील जीवनीको बारेमा बिस्तृत प्रकाश पार्नुभएको थियो । 
कार्यक्रममा कविहरू सुशान्त पौडेल, जनकराज पौडेल, उदयनाथ रेग्मी, तारानाथ सुबेदी, हरीबहादुर अधिकारी, कृष्णप्रसाद पण्डित, विदुर अधिकारी, तुलसी पण्डीत, पूर्णबहादुर अधिकारी, बाबुराम बैरागी, मणि काफ्ले र गङ्गा सुवेदी काफ्लेले साहित्यकार हरिहर 'सविता'को सम्झनामा कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको संचालन  जनसांस्कृतिक महासंघ, चितवनका सचिव राजेन्द्र घायलले गर्नुभएको थियो । 





















































धनेश्वर भट्टराईको फेसबुक वालबाट
इन्द्र रेग्मीको फेसबुक वालबाट

No comments:

Post a Comment