Wednesday, January 8, 2020

एमसीसी खारेज गर्न आह्वान






======================================================================



एमसीसी सम्झौता खारेजीको माग गर्दै अमेरिकी दूतावासमा ज्ञापनपत्र



काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै ‘एमसीसी खारेज अभियान नेपाल’ले नेपालस्थित अमेरिकी दूतावासमा ज्ञापनपत्र बुझाएको छ । अभियानका मुख्य संयोजक नारायण प्रसाद शर्माको नेतृत्वमा गएको टोलीले बिहीबार दूतावासका एक अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित बिपरित रहेको भन्दै खारेजीको माग गरिएको छ । नेपाल र  अमेरिकाबीच बिगत लामो समयदेखि मैत्रीपूर्ण एवम् सुमधुर दौत्य सम्बन्ध रहँदै आएको स्मरण गराउंदै ज्ञापनपत्रमा आर्थिक सहयोगका नाममा प्रस्ताव गरिएको एमसीसी सम्झौताले अनेक शंका र प्रश्न उब्ज्याएको भन्दै चिन्तासमेत व्यक्त गरिएको छ ।
एमसीसी सम्झौता इण्डो प्यासेफिक रणनीतिको मातहत संचालित हुने राजनीतिक तथा सामरिक महत्वको परियोजना भएकाले यसलाई आर्थिक सहयोगका रुपमा मात्र लिन नसकिने ज्ञापनपत्रमा उल्लेख छ । मुख्य संयोजक शर्माद्वारा हस्ताक्षेरित ज्ञापनपत्रमा भनिएको छ, ‘यस सहयोगले नेपालको शैक्षिक, स्वास्थ्य, गरिबीनिवारण, सामाजिक उत्थान जस्ता कुरामा खासै सरोकार राख्दैन । हामीले बुझेसम्म सिधा उल्लेख नभए पनि यो इण्डो प्यासेफिक रणनीतिको मातहत संचालित हुने एक राजनीतिक एवम् सामरिक महत्वको परियोजना हो ।’
सम्झौताका सम्बन्धमा अमेरिकी अधिकारीहरुको विवादास्पद अभिव्यक्तिले झन् शंका बढाएको भन्दै ज्ञापनपत्रमा नेपालीको चाहना भन्दा पनि अमेरिकी योजना र चाहानाअनुसार लागू गर्न खोजिएको प्रष्ट देखिएको उल्लेख गरिएको छ । सम्झौता लागू गरिए आगामी दिनमा नेपाल र अमेरिकाबीच रहेको सौहार्दपूर्ण सम्बन्धलाई नकारात्मक, विवादित र धमिलो पार्नसक्ने तर्फ सचेत हुन् आग्रह गर्दै खारेजीको माग गरिएको छ ।
ज्ञापनपत्रको अन्त्यमा भनिएको छ, ‘इण्डो प्यासेफिक रणनीति निहित सैनिक साझेदारीको आसयसहित आएको यस योजनालाई विरोध र अस्विकार गर्दै यसको खारेजीको माग गर्दछौं ।’
ज्ञापनपत्र बुझाउँदै मुख्य संयोजक शर्माले नेपालको सार्वभौमसत्ता, अखण्डता, सुरक्षा, संवैधानिक सर्वोच्चता र स्वतन्त्रालाई कमजोर बनाउने गरि एमसीसी सम्झौता गरिएकाले त्यसको खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिए । उनले ज्ञापनपत्रमार्फत एमसीसी सम्झौताप्रति नेपाली जनतामा रहेको असन्तुष्टिको दूतावासलाई औपचारिक जानकारी गराइएको पनि बताए ।
अभियानले भोलि शुक्रबार एमसीसी सम्झौताप्रति असन्तुष्ट बिभिन्न व्यक्ति तथा समूहहरुसंग मिलेर बिरोध प्रदर्शन गर्न लागेको शर्माले बताए । त्यसैगरी शनिबार दिउँसो एक बजे माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन गर्न लागिएको उनले जानकारी दिए ।
एमसीसी सम्झौता खारेजीको मागसहित बिभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको खारेज अभियानले यसअघि पनि विज्ञहरुसहितको बृहद अन्तरक्रिया गरेको थियो । अभियानले सम्झौता खारेज नहुँदासम्म निरन्तर दबाबमूलक कार्यक्रम गर्ने बताएको छ ।
www.jandisha.com बाट साभार 





==================================================================

आज एमसीसी विरुद्ध काठमाडौंमा चर्चित व्यक्तित्वहरुको विशाल प्रदर्शन


काठमाडौं : २०७६ माघ ११, सरकारले संसदबाट अमेरिकी विकास परियोजना एमसीसीलाई संसदबाट पास गर्ने भनेपछि त्यासको नेपालमा चौतर्फि विरोध भईरहेको छ । आज काठमाडौंको माइतिघर मण्डलामा एमसीसी सम्झौता खारेज गरौं, अमेरिकी फौजी कार्यक्रममा नेपाललाई सहभागी न गराऔं भन्ने नाराका साथ नेपालका विभिन्न राजनीतिक सस्थाका नेतृत्व, साहित्यिक क्षेत्रमा चर्चित तथा सक्रिय व्यात्तिहरु, पेसागत र व्यावसायिक रुपमा नेतृत्व गरिरहेका नेतृत्वहरु, जन वर्गीय संघसंस्था, पार्टी संगठन, नागरिक समाज, उद्योग प्रतिष्ठान आदिसंग सम्बन्धित व्याक्तिहरुले एमसीसीको बिरुद्धमा प्रदर्शन गर्न लागेको एमसीसी खारेज अभियानका सदस्य रघु घिमिरेले जानकारी दिएका छन् ।
नेपालमा आफ्नो सेना प्रवेश गराएर चीनलाई घेर्न अमेरिकाले हिन्द प्रसान्त रणनीतिको योजना अन्र्तगत एमसीसी सहयोग जबरजस्ती लाद्न खोजको भन्दै नेपालमा यसको चौतर्फि विरोध भईरहेको छ । त्यस्तै पूर्वसभामुख कृष्णबहादुर महराले पनि अमेरिकाले नेपालमा अत्याधुनिक ड्रोन राखेर चीन र नेपाललाई निगरानी गर्ने तयारी गरेको थाहा पाएपछि आफुले एमसीसीलाई संसदमा टेबल नगरेको बताईसकेको छन् । एमसीसीका कतिपय प्रावधानहरुले नेपालले आफ्नो स्वतन्त्र राष्ट्रको हैसियत गुमाउने जानकारहरुले बताउँदै आएका छन् ।
भने अमेरिकाले सहयोगको नामम आफ्नो सेना नेपाल पठाउने र त्यसपछि चीन विरोधी गतिविधि गर्न नेपाली भूमि प्रयोग गर्ने भन्दै नेपालमा त्यसको चौतर्फि विरोध भईरहेको छ । सत्तारुढ नेकपाममा पूर्वमाओवादी समुह र माधबकुमार नेपाल समुहले पनि एमसीसीको विरोध गर्दै आएको छ । त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरुले पनि एमसीसीको चर्को विरोध गरिरहेका छन् ।
काठमाडौंमा एमसीसी विरुद्ध हुने प्रदर्शनमा सहभागी हुने चर्चित व्याक्तिहरु
सीपी मैनाली (महासचिव – नेकपा माले), सीपी गजुरेल (बरिष्ठ नेता – क्रान्तिकारी माओवादी) स्वनाम साथी, जगन्नाथ खतिवडा, घनश्याम शर्मा पौड्याल, शरद पौडेल, मातृका पोखरेल (पूर्वअध्यक्ष-प्रगतीशील लेखक संघ) बलदेव भट्ट, बासु मिश्र, श्याम श्रेष्ठ ( चर्चित राजनीतिक विश्लेषक), दुर्गा पौडेल, भरत दाहाल (राजनीितक विश्लेष), नरेन्द्रजङ्ग पिटर (वरिष्ठ पत्रकार), लोककृष्ण भट्टराई, बोर्णबहादुर कार्की, साध्यबहादुर भन्डारी (नेता जनमोर्चा), रघु घिमिरे, डा. सुरेन्द्र भन्डारी, एकराज भन्डारी (बरिष्ठ अधिवक्ता) असोज महर्जन, सुरोज महर्जन, बलराम तिमिल्सिना (लेखक), डिल्ली अधिकारी, सुकन्या वाइवा, भावना विद्रोही लगायतका राजनीतिक, शैक्षिक, साहित्यिक , बौद्धिक, कानूनी र पत्रकारिता क्षेत्रका युवा प्रतिभाहरुको समेत उपस्थिति हुनेछ ।

www.samajbad.tv बाट साभार 









No comments:

Post a Comment