Saturday, May 18, 2019

प्रगतिशील लेखक सङ्घको २३ औँ परिसंवाद कार्यक्रम सम्पन्न ।

काठमाडौँ । प्रगतिशील लेखक सङ्घले २०७६ जेठ ३ गते  साहित्य, कलाभन्दा फरक विषयमा २३ औँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । “प्रस्तावित नागरिकता विधेयक–२०७५ र राष्ट्रियता” विषयमा प्रलेसले केन्द्रीय कार्यालय बागबजार, काठमाडौँमा २३ औँ परिसंवाद शृङ्खला सम्पन्न गरेको हो ।



प्रलेसका केन्द्रीय उपाध्यक्ष गोपिरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समिर सिंहको सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो । परिसंवादमा विषयवस्तु प्रस्तुति उपमहासचिव आर.सी. न्यौपानेले गर्नु भएको थियो । 

कार्यक्रममा वक्ताहरु वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्की, अधिवक्ता पदम रोका र सिनासका उपप्राध्यापक पेशल निरौलाले नागरिकता सम्बन्धी मन्तव्य राख्नु भएको थियो । वक्ताहरुले नेपालमा नागरिकताको सवालमा गम्भीर कमजोरी भइरहेको औल्याउनु भएको थियो । खासगरी यतिखेर संसदमा विचाराधीन नागरिकता विधेयकका सन्दर्भमा विचार राख्दै वक्ताहरुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका सन्तानहरुलाई वंशजको आधारमा नागरिकता दिनु गलत भएको र त्यसले वास्तविक नेपाली नागरिकहरु अल्पमतमा पर्ने खतरा औल्याउनु भयो । देशमा हुने विभिन्न राजनीतिक परिवर्तनमा दक्षिणतिरको गम्भीर इन्ट्रेस्ट रहेको बताउँदै २०४६ सालपछि भारतीयहरुले नेपाली नागरिकता लिने सिलसिला बढेको उहाँहरुको ठहर थियो । वक्ताहरुले नेपालमा फिजीकरणको अभ्यास भएको र त्यसको परिणति सिक्किमीकरणसम्म पुग्ने भन्दै त्यसमा सचेत रहन आग्रह गर्नु भयो ।

प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल  सहितका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा राम घिसिङ, मनोहर लामिछाने, राजेन्द्र सापकोटा लगायतले पुरक टिप्पणी राख्नु भएको थियो ।

www.pwa11th.blogspot.com बाट साभार 



प्रस्तावित नागरिकता विधेयक २०७५ र राष्ट्रियता माथी वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की






प्रस्तावित नागरिकता विधेयक २०७५ र राष्ट्रियता माथी अधिवक्ता पदम रोक्का

No comments:

Post a Comment