Sunday, January 6, 2019

सन्दर्भ : प्रलेस सम्मेलन - तेजविलास अधिकारी

सरकारी सङ्क्रमणबाट बाहिर आउन मुस्किल परेको छ प्रलेसलाई ।

मूलत : अमर गिरी र मातृका पोखरेल प्राज्ञ पदमा र प्रलेसको अध्यक्षमा समेत बसेपछि प्रतिपक्षीभन्दा सत्तापक्षीय सङ्क्रमणमा यो संस्थाले कष्ट व्यहोर्नु परेको छ । प्रलेसको अध्यक्ष हुँदा हुँदैँ प्राज्ञ पदमा मनोनीत भएका अमर गिरी र उपाध्यक्ष हुँदै प्राज्ञ पदमा गएका अनि प्राज्ञ पदमा रहदा रहदैँ अध्यक्ष पदमा पुगेका मातृका पोखरेल दुवै आ-आफ्नो कार्यकालमा थुप्रै कार्यक्रम दिन सफल पनि भए । प्रलेसको अध्यक्ष मातृका पोखरेल नेतृत्व राष्ट्रिय सम्मेलनको तयारीमा छ । यस बीचमा विगतमा चुनावलाई आधार बनाएर ठूला मानिएका कम्युनिष्ट पार्टीहरुको एकता प्रक्रियासँगै यसको समीकरणमा समेत परिवर्तन आएको देखिन्छ ।

यस सङ्गठनहरुको सत्ताको अस्तित्वलाई स्वीकार नगर्ने विद्रोही स्वभाव, कार्यदिशा भएको नेकपा ,सङ्यीयता स्वीकार नगर्ने राष्ट्रिय जनमोर्चा, ऋषि कट्टेल अध्यक्ष भएको नेकपा, आहुति प्रस्तावित वैज्ञानिक समाजवादी पार्टी ,नेमकिपा र अन्य स्वतन्त्र वाम लेखकहरुको सामूहिक मोर्चाको रुपमा यसको विकास कसरी हुने भन्ने प्रश्न सर्वत्र छ । यस तर्फ कुन ढङ्ले प्रश्न उठाउने र त्यसको उत्तर कसरी खोज्ने भन्ने विषय नै आजको प्रमुख विषय हो । यस बाटोमा माक्र्सवादी वैचारिक धरातललाई आधार मान्ने लेखकहरु नै यस सम्मेलनको प्रतिनिधि हुने र यो स्वतन्त्र भन्दा पार्टी निकट लेखक साहित्यकारहरुको सङ्गठन भएकाले पनि तालुकदार पार्टी निर्णयक रहने परिपार्टी पुरानै हो । आलोपालो अध्यक्ष पद लिने उपाध्यक्ष, महासचिव लगायत पद आपसको सहमतिमा मिलाउने प्रचलन हुदैँछ । आजको सन्दर्भमा सरकार पक्षीय र प्रतिपक्षीय लेखकहरुको सम्मेलन एकै झण्डामुनि के के एजेण्डामा होला त ?

एकातिर दुईतिहाईको नेकपा निकट लेखकहरु यसको निर्णयक पक्ष हो भने अर्को तर्फ प्रमुख प्रतिपक्षी भन्दा पनि कडा प्रतिपक्षी नेकपा निकट लेखक बीच के कस्ता एजेण्डामा सहमति होला । सम्मेलन गर्नु हुनुमात्र विशेष कुरा होइन । आधारभुत जनताका समस्यामा आधारित भई न्यूनतम् सहकार्य गर्न सक्ने अवस्था खोज्न आज जरुरी छ । पेशागत राष्ट्रिय सङ्गठनहरु बाहेक विचारका हिसावले सबै माक्सवादी लेखकहरुलाई समेट्ने यो एउटा मात्र संस्था हो । जसको मूल छलफलको विषय जनजीविका, राष्ट्रियता, राष्ट्रिय अखण्डता, साम्राज्यवाद विरुद्ध आवाज उठाउनु हो । देश भित्र बढेको भ्रष्टचार व्यभिचार आदि विषयको विरोधमा नै छलफल केन्द्रित गर्नुपर्छ । यसका अतिरिक्त दर्शनशास्त्रीय चिन्तन छलफल पनि आवश्यक छ।

जसरी पनि लेखकहरुको नेतृत्वमा पुग्ने र आफ्नो व्यक्तिगत विवरणमा एक संस्थाको नाम लेखाउने प्रचलन हामीभित्रको एउटा समस्या बनेको छ । पछिल्लो सम्मेलनबाट गणित निकै ठूलो सङ्ख्याको कार्यसमिति र धेरै पदाधिकारीको मण्डलले बुझन जरुरी दुई ओटा बाटो छ । पहिलो विषय विशेष सरकारी नियुक्त्तिलाई प्रलेस जस्ता संस्थाले प्राथमिकता दिनु हुँदैन । अर्कोतर्फ प्रलेसमा बसेर लेखक हुने होइन, लेखक बनेर प्रलेसमा जाने र बस्ने विषयलाइ जोड दिनुपर्दछ । यसका अतिरित्त आलोचनात्मक चेत नै प्रलेसका मुल पुँजी हुनुपर्दछ । विषय विविध हुन सक्छ तर सांस्कृतिक विषय र यसले ओगटेका पक्ष र पाटामा सत्ता, सरकार र सबैलाई सुन्न बाध्य बनाउने सकारात्मक दबाब दिनका लागि यो संस्था साधक बन्न सक्छ । प्रतिनिधित्वको सबालमा पनि सङ्गठित सदस्यको आधारमा सङ्घीय संरचना अनुरुप समावेशी सिद्धान्तलाई अपनाउँदा उचितै हुन्छ । लेखक बन्नु र नेतृत्व गर्ने सङ्गठक बन्नु उस्तै भए पनि उही नभएकाले नेतृत्व विकासको उच्चतम् स्वरुपका रुपमा केन्द्र र प्रदेशमा परिपक्क नेतृत्व आबस्यक छ। त्यो लेखनरअध्ययन पहिचानमा आधारित व्यक्तिलाई स्थान दिन जरुरी छ ।

सम्मेलन, बैठक, भेला छलफलका आफ्नो कोषबाट खर्च गर्न सक्ने खालको क्षमता पनि यस संस्थाको लक्ष्य हुनु पर्दछ । पुरस्कारभन्दा पनि चर्चा, परिचर्चा, विचारको बहस नै यसको केन्द्रविन्दु भएमा सत्ता वा विपक्ष स्रष्टा भन्नु पर्दैन । स्रष्टा स्वयं प्रतिपक्षी हुन्छ भन्ने भनाई र गराइलाई कार्यन्वयनमा ल्याउन सकिन्छ । यो नै आजको प्रलेसको बहसको सेरोफेरो हो ।


(यो लेखकको निजि विचार हो)
000 
www.kaligandakikhabar.com बाट साभार 

No comments:

Post a Comment