Tuesday, February 26, 2019

कवि अमर बानियाँ लोहोरोको 'एकल काव्य वाचन' कार्यक्रम सम्पन्न |

२०७५ साल  फागुन १४ गते काठमाण्डौमा सिक्किम भारतका  नेपाली कवि अमर बानियाँ लोहोरोको 'एकल काव्य वाचन' कार्यक्रम सम्पन्न भएको छ | बानेश्वर बहुमुखी क्याम्पस र बानेश्वर सर्जक समाजद्वारा आयोजित उक्त कार्यक्रम नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो | 
कार्यक्रमको शुरुमा साहित्यकार केदार न्यौपानेले स्वागत भाषण गरी कवि लोहोरोको परिचय दिनु भएको थियो | त्यसपछि कविले आफ्ना छोटा छोटा ८-१० कविताहरू वाचन गर्नु भएको थियो |

कवितावाचनपछि उपस्थित साहित्यकारहरू मध्ये पुष्कर लोहनी, विष्णुविभु घिमिरे, मातृका पोखरेल , किशोर पहाडी, लव गाउँले, श्रवण मुकारुङ, जीवनचन्द्र कोइराला, घमानसिंह खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए |
कार्यक्रममा भारतको उत्तर प्रदेशको मुजफ्फरनगरबाट संयोगवश काठमाडौँ आइपुगेका कवि डा. अ. कीर्तिवर्द्धनको पनि सम्मान गरिएको थियो | कार्यक्रममा उहाँले पनि मन्तव्यका साथ हिन्दीमा कविता सुनाउनु भएको थियो |
दुई बजे बोलाएर ठीक दुई बजे नै शुरु भएको 'एकल काव्य वाचन' कार्यक्रम बानेश्वर सर्जक समाजका अध्यक्ष महेश प्रसाईंको सभापतित्वमा सम्पन्नभएको थियो । 







No comments:

Post a Comment