Thursday, November 8, 2018

यशस्वी अाख्यानकार रमेश विकलको ९१ अौ जन्मजयन्ती सम्पन्न ।

यशस्वी अाख्यानकार, कलाकार तथा संगीत मर्मज्ञ रमेश विकलको ९१ अौ जन्मजयन्तीका अवसरमा २०७५ साल कार्तिक २२ गते   रमेश विकल चोक अारुबारी स्थित सालिकमा माल्यार्पणका साथै अभिनव साहित्य समाज, जोरपाटीद्वारा स्थापना गरिएको विकल बाल साहित्य पुरस्कार अर्पण गरी मनाइयो । प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगर पालिकाका प्रमुख सन्तोष चालिसे, प्रतिष्ठानका उपाध्यक्षद्वय के. के. कर्माचार्य र हेमनाथ पौडेल, सदस्यद्वय मातृका पोखरेल तथा रामप्रसाद पौडेल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेवेदमणि , समालोचक युवराज मैनाली, साहित्यकार मेनका पोखरेल लगायत विभन्न वक्ताले विकलद्वारा विवध क्षेत्रमा भएका बहुमुखी योगदान बारे चर्चा गर्नुभयो । सोही कार्यक्रममा कवि त्रिलोचन अाचार्य, अोमप्रसाद कोइराला , डिल्लीप्रसाद मुलतिहुनले विकलको स्मृतिमा कविता वाचन गर्नुभयो । 



 











No comments:

Post a Comment