Monday, January 20, 2020

साहित्य सङ्गम, चितवनबाट कवि एवम् कथाकार प्राज्ञ पोखरेल र कथाकार खनाल पुरस्कृत ।

यही  २०७६ साल  माघ ४ गते  शनिवार  साहित्य सङ्गम, चितवनले  प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष एवम्  प्राज्ञ मातृका पोखरेलको कविता सङ्ग्रह "मित्रताको आकाश" र गोरखाका कथाकार रामप्रसाद खनालको कथा सङ्ग्रह "ऊ त बेपत्ता भएछ" लाई  गणेशबहादुर हस्तकुमारी (लक्ष्मीदेवी) पन्त पुरस्कारबाट पुरस्कृत  गरेको  छ । साहित्य सङ्गम, चितवनका अध्यक्ष प्रकाश चापागाईको  सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुरस्कार व्यबस्थापकका पारिवारिक सदस्य अमृत पन्त हुनुहुन्थ्यो । 

साहित्य सङ्गम, चितवनका सचिव राजेन्द्र घायलले संचालन गर्नुभएको उक्त कार्यक्रममा पुरस्कार स्थपनाको बारेमा सङ्गमका पूर्व अध्यक्ष इन्द्र रेग्मीले प्रकाश पार्नुभएको थियो । 

समारोहमा वरिष्ठ समालोचक डि.आर पोखरेलले पुरस्कृत स्रष्टा मातृका पोखरेलका  बारेमा र समालोचक प्रा. डा. होमनाथ सापकोटाले   पुरस्कृत  स्रष्टा राम प्रसाद खनालको बारेमा प्रकाश पार्नुभएको थियो । साहित्यकार  एल.बि. क्षेत्रीले  शुभकामना मन्तव्य राख्नुभएको थियो । पुरस्कृत स्रष्टाद्वय पोखरेल र खनालले मन्तव्य सहित आ-आफ्ना रचना समेत वाचन गर्नुभएको थियो । 

कार्यक्रम दोभान पुस्तकालय, भरतपुरमा आयोजना गरिएको थियो । 

चितवन खबर डट कमबाट 

-----------------------------------------------



साहित्य सङ्गम, चितवनबाट पुरस्कृत  कवि एवम् कथाकार मातृका पोखरेलको 
व्यक्तित्व  परिचय गराउँदै  वरिष्ठ समालोचक डि.आर पोखरेल
--------------------------------------------------------------------------------


साहित्य सङ्गम, चितवनको कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै 
साहित्यकार  एल.बि. क्षेत्री ।

============================================




















































































No comments:

Post a Comment