Monday, August 13, 2018

३३औँ वार्षिकोत्सव उपलक्ष्यमा कविता प्रतियोगिता

२७ साउन २०७५, काठमाडौ। 

नेपाल बिध्युत प्राधिकरणको ३३औँ वार्षिकोत्सव उपलक्ष्यमा  आज यहाँ एक भव्य समारोहका वीच कविता प्रतियोगिता एवं सम्मान कार्यक्रमको आयोजना भयो । एकतिस प्रतियोगी आठ अप्रतियोगी र दश अतिथी कविहरूले कविता वाचन गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा बिष्णुबुभु घिमिरेले कविताका आयाम बिम्ब प्रयोगधर्मिताको चर्चा गर्नुहुँदै आफु सहभागी भएको हजारौँ गोष्ठी मध्येको यो गोष्ठी पनि स्मरणयोग्य रहेको वताउनुभयो । 

प्रतियोगितामा वातावरण विभागबाट कवि रिता खत्री प्रथम, आयोजना व्यबस्थापन निर्देशनालयबाट कवि सागर सिवाकोटी द्वीतिय , धनकुटा बि के बाट सफल देवकोटा तृतिय तथा मध्येमर्श्याङ्दी ज वि के का कपिलचन्द्र वस्ताकोटी र सोचना प्रबिधी निर्देशनालयका प्रमिशा मिश्रले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । कविताको मुल्यांकन डा बम बहादुर थापा जिताली पुन्य घिमिरे र बुनु लामिछानेले गर्नुभएको थियो ।

सोहि कार्यक्रममा आख्यानकार भुवन ठकुरी, नाकले मुरली बजाउनुहुने प्रसिद्ध मुरलिवादक मातृकाप्रसाद सङ्ग्रौला एवं कर्म नै पूजा ठान्नुहुने पुष्कर पुरिलाई प्रशंशापत्रद्वारा सम्मानित गरियो । सो कार्यक्रममा प्राज्ञ मातृका पोखरेल सार्कका पुर्व महासचिव अर्जुन थापा लगायतले पनि धारणाहरू राख्नुभयो ।कर्यक्रम करिब १६० जना श्रोताको अनुशाशित उपाथितिमा बिद्युतकर्मी साहित्यिक समाजको अध्यक्ष्र कवि रामेश्वर राउत मातृदासको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment