Friday, March 29, 2019

प्रगतिशील लेखक संघ, नेपालको राष्ट्रिय सम्मेलन तयारी उत्साहजनक - आरसी न्यौपाने


आरसी न्यौपाने

प्रगतिशील लेखक संघ, नेपालको एघारौं राष्ट्रिय सम्मेलनको तयारी उत्साहजनक रुपमा अगाडि बढिरहेको छ । सो सम्मेलन २०७५ चैत्र २२ र २३ गते ललितपुरको च्यासलमा रहेको तुुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा हुुँदै छ । सम्मेलनको नजिक आइपुुग्दा सबै प्रदेश एवम् ५५ जिल्लामा जिल्ला सम्मेलन भइसकेको छ । संस्थाका केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति, प्रदेश समिति एवम् जिल्ला समिति सम्मेलनको व्यापक तयारीमा जुटिरहेका छन् । संघका अध्यक्ष मातृका पोखरेल “एघारौं राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गर्न हामी कुनै कसर छोडदैनौं । विगतका राष्ट्रिय सम्मेलनका तुुलनामा यो यसकारणले भव्य हुनेछ कि देशका ५५ जिल्लाबाट सम्मेलनका प्रतिनिधि आउनुुहुने छ । यसभन्दा पहिले ३५ जिल्लामा रहेको संगठन ५५ जिल्लामा पुुगेको, संगठनमा व्यापक उत्साह रहेको र यसले नेपालको प्रगतिशील साहित्यिक क्षेत्रलाई अझ विकसित गर्ने छ” भन्नुुहुुन्छ । 
    
यो संगठन मुुलुुकभरिका देशभक्त, वामपन्थी र क्रान्तिकारी लेखकहरूको साझा मोर्चा संगठन हो । वि.स. २००९ सालमा श्यामप्र्रसाद शर्माको अध्यक्षतामा गठन भएको यो संगठनले मुुलुुकको राजनीतिमा समेत महत्वपूूर्ण योगदान दिँदै आएको छ । नेपालका वामपन्थी पार्टीहरु विभिन्न धारामा विभक्त भए पनि प्रलेस नेपाल सबै वामपन्थी पार्टीमा आबद्ध प्रगतिशील स्रष्टाको साझा संगठनको रुपमा रहेको छ । यस संगठनका विरुद्ध षडयन्त्र गर्ने, फूूट ल्याउने प्रयास विगतदेखि हुुँदै आए पनि यसलाई चिर्दै संगठन अघि बढ्दै आएको छ । 

यो संगठन साम्राज्यवाद,  साम्राज्यवाद विरोधी सशक्त सांस्कृतिक मोर्चा हो । यसले नेपाल राष्ट्रको सार्वभौमिकता, अखण्डताका पक्षमा दृढ रहँदै नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनको नेतृत्व गर्दै आएको छ । प्रलेस, नेपालमा रहेका सांस्कृतिक संगठनमा नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) सम्बद्ध जनसांस्कृतिक महासंघ नेपाल, नेकपा (मसाल) सम्बद्ध रक्तिम सांस्कृतिक अभियान, नेपाल कम्युनिष्ट पार्टी आबद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघ, नेकपा (क्रान्तिकारी माओवादी), अर्को नेकपा आबद्ध लेखकका साथै नेकपा (माले) सम्बद्ध लेखक समेत जोडिने क्रममा छन् । विगतको केन्द्रीय समितिको कार्यको बारेमा संगठनका केन्द्रीय उपाध्यक्ष डा. पुुष्करराज भट्ट, “विगतमा हामीले विभिन्न वैचारिक कामलाई अघि बढाएको थियौं । अब त्यसमा थप विशेषता थपेर सिर्जनात्मक लेखन र विधागत प्रशिक्षणलाई समेत जोडेर कार्य गर्ने योजना अनुुसार अघि बढेका छौं” भन्नुुहुन्छ ।
    
कतिपय व्यक्तिले सांगठनिक अनुुशासन बाहिर गएर मिडियाबाजी गर्ने, संगठनको तोकिएको काम नगर्ने, ठूूला कुुरा गर्ने तर व्यवहारमा अवसरवाद देखाएकोले जसले जति षडयन्त्र गरे पनि संस्था एकीकृत, सांगठनिक रुपले सुुदृढ र वैचारिक रुपले अझ सशक्त बन्दै गएको छ । सरकारले गरेका कतिपय गलत कार्यको विरोधमा प्रलेस नेपालले विगतदेखि आवाज उठाउँदै आएको छ । प्रलेसमा आबद्ध मुख्य घटक सरकार सम्बद्ध पार्टीको भएको कारण हरेक राजनीतिक घटनाक्रममा प्रलेसलाई जोड्ने र प्रलेस सरकारवादी भएको भन्ने आरोप लगाउनुु व्यर्थ छ । प्रलेसले साझा मोर्चाको अवधारणाका आधारमा साझा सोंचको निर्माण गर्दै आफ्नो दृष्टिकोण बनाउँदै जनसमक्ष ल्याएको छ र ल्याउने छ । 
 
www.jhilko.com बाट साभार 

 

No comments:

Post a Comment