Monday, December 10, 2018

'हिमाद्रि' साहित्यिक त्रैमासिकको लोकार्पण कार्यक्रम ।

चेरब स्मृति प्रतिष्ठानले मिति २०७५ मङ्सिर २२ गते शनिबारका दिन रसुवा जिल्लाको थाम्बुचेत जुन चिलिमे जलविद्युत कम्पनीको ड्याम्प साइट र सान्जेन जलविध्युत कम्पनीको पावर हाउस क्षेत्रमा पर्दछ उक्तस्थानमा सान्जेन जलविद्युत कम्पनी लिमिटेडको प्रायोजनमा निर्माण कार्यमा इन्जियरिङ् सुरक्षा सम्बन्धी एक कार्यशाला गोष्ठी एवम् हिमाद्रि साहित्यिक त्रैमासिक पत्रिकाको लोकार्पण कार्यक्रम गर्यो । उक्त कार्यक्रममा प्रमुख अतिथि श्री मातृका पोखरेल हुनुहुन्थ्यो भने विशेष अतिथिमा नेविप्राका पूर्व उपकार्यकारी निर्देशक श्री मोहनकृष्ण उप्रेती ,गोरखापत्र संस्थानका पूर्व महाप्रवन्धक श्री कपिलदेव घिमिरे लगायत नेपाल सरकारका पूर्व कर्मचारीहरू, विद्युत प्राधिकरणका कर्मचारीहरू,चिलिमे सान्जेन लगायत जलविद्युत क्षेत्रका कर्मचारीहरू ,साहित्यिकारहरू ,समाजसेवीहरू,शिक्षकहरू,चेरबस्मृति प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थितीमा भएको उक्त कार्यक्रमको सभापतित्व सान्जेन जल विध्युत कम्पनीका अायोजना प्रमुख श्री गणेश केसीज्यूले गर्नुभएको थियो ।विभिन्न ६ वटा कार्यपत्र प्रस्तुत भएको यस कार्यक्रममा इन्जिनियरिङ क्षेत्रलगायत ब्यबहारिक जीवनमा अाउने खतरा हरूको सुरक्षा सम्वन्धमा समेत गहन प्रस्तुतिहरू भएका थिए ।कार्यक्रमका प्रमुख अतिथि पोखरेलले यो कार्यक्रम फरक ढंगको र निर्माण लगायत सबै क्षेत्रमा उपयोगी हुने बताउनु भयो भने सभापतिको अासनबाटश्री केसीले प्रतिष्ठानले साहित्यिक कार्यक्रम भन्दा फरक किसिमको उपयोगी कार्यक्रम सुरू गरेको बताउनु भयो ।प्रतिष्ठानका अध्यक्ष पुण्य घिमिरेले निरन्तर यस किसिमका सामाजिक कार्य गरिरहने बताउदै सान्जेन जविको सहयोग प्रसंशनीय भएको बताउनुभयो ।हिमाद्रिको लोकार्पण प्रमुख अतिथि ,सभापति एवम् अतिथिज्यूहरूबाट गरिएको थियो भने प्रतिष्ठानका उपाध्यक्ष धर्म पोखरेलबाट समीक्षा भएको थियो । यो किसिमको सुरक्षा सम्वन्धी कार्यक्रम नेपालमै नवीनतम भएको भन्दै कवि मित्रलाल पङ्गेनी समेत केही कबिहरूबाट कबिता बाचन भएको उक्त कार्यक्रममा अतिथिहरूको स्वागत प्रतिष्ठानका महासचिव मौसम खनालले गर्नु भएको थियो ।कार्यक्रम सुरू हुनुभन्दा अगाडि स्व. इन्जिनियर चेरब घिमिरे दुर्घटना परी दिबंगत हुनुभएको स्थान ब्राप्चे भन्ने ठाउँमै एक मिनट मौनधारण तथा प्रार्थना गरिएको थियो उक्त कार्यक्रमको संचालन कृष्णदेव रिमालले गर्नु भएक‍ो थियो।


------------------------------------------------------------------------------





























No comments:

Post a Comment