Saturday, May 25, 2019

"साहित्य तरङ्ग" को पहिलो शृंखलामा सहिद 'इच्छुक' को सम्झना ।

"साहित्य तरङ्ग" को पहिलो शृंखला सहिद कृष्ण सेन 'इच्छुक' को १७ औं स्मृति दिवसका अवसरमा 'इच्छुक' को चर्चा सहित कविता वाचन गरेर सम्पन्न भयो । २०७६ जेठ ११ गते  राजधानीको विश्वभाषा क्याम्पसमा आयोजना गरिएको पहिलो शृंखलाको सभापतित्व "साहित्य तरङ्ग"का अध्यक्ष साधुराम नेपालले गर्नुभएको थियो।  प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यमा आयोजित उक्त काव्य गोष्ठीमा पत्रकार धनबहादुर मगरले कृष्ण सेनको व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

शृंखलामा  कविहरू मातृका पोखरेल , पुण्य घिमिरे , बैरागी जेठा,  मिसन अधिकारी, राजबाबु श्रेष्ठ, अशोक नेत्र, सन्तोष सिंखडा, भावना विद्रोही, शिव आचार्य, सरोज कटुवाल लगायतले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको संचालन कवि बैरागी जेठाले गर्नुभएको थियो । 













































































No comments:

Post a Comment