Wednesday, September 26, 2018

साहित्यकार छविरमण सिलवालको ‘ग्रीनविचको साँझ’ नियात्रा सङ्ग्रह सार्वजनिक ।

साहित्यकार छविरमण सिलवालको पछिल्लो कृति  ‘ग्रीनविचको साँझ’ नियात्रा सङ्ग्रह सार्वजनिक भएको छ।

२०७५ साल असोज १० गते राजधानीको पुतलिसडकस्थित सर्वनाम नाटकघरमा ‘ग्रीनविचको साँझ’ नियात्रा अतिथि दीर्घामा बसेका वरिष्ठ साहित्यिक पत्रकार  रोचक घिमिरे  , प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेल ,  लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समालोचक डा.लक्ष्मण प्रसाद गौतम, साहित्यकार जयदेव भट्टराई , समालोचक ज्ञानु अधिकारी, साहित्यकार गीता त्रिपाठी, साहित्यकार डा. हरि शर्मा ,  साहित्यकार एवं पत्रकार फुलमान बल , साहित्यकार दिपक सापकोटाका   साथै दर्शक दिर्घामा बसेका साहित्यप्रेमिहरुले संयुक्त रुपमा विमोचन गरे। साहित्य क्षेत्रमा कलम चलाउदै आएका सिलवालले यो पटक सात दिने लण्डन भ्रमणको क्रममा नियात्रा लिएर पाठकहरुको माझ आएका हुन्।

लेखक सिलवालले लन्डन भ्रमण देखि पुस्तक लेखनमा मेत अत्यन्तै सहयोगी मनहरुको साथ पाएको प्रष्ट पार्दै भ्रमणलाई नियात्रामा परिणत गर्न कुनै पनि कठिनाई नपरेको बताए।

उनले ‘चाइना थाइपोला एक्सप्रेस’ नियात्रासमेत तयारी अवस्थामा रहेको र चाँडै सार्वजनिक गरिने जानकारी समेत दिए। सिलवालको यो सातौँ पुस्तक शाब्दिक बुक्सले बजारमा ल्याएको हो । उक्त पुस्तकमा दश वटा नियात्रा समेटिएको छ । 




























No comments:

Post a Comment