Sunday, January 6, 2019

‘जगदीश स्मृति पुरस्कार’ साहित्यकार रोचक घिमिरेलाई प्रदान ।

जगदीश घिमिरे प्रतिष्ठानले ‘जगदीश स्मृति पुरस्कार’ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको  छ ।
जगदीश घिमिरे प्रतिष्ठान मन्थलीको आयोजनामा २०७५ साल पुस २१ गते  जगदीश घिमिरे स्मृति पाचौं साहित्यिक सभाले साहित्यकार घिमिरेलाई पुरस्कृत गरेको हो । वर्षेनी एक जना साहित्यकारलाई  प्रदान गरिदै आएको कवि सम्मान तथा पुरस्कार प्राप्त गर्ने  घिमिरे नेपाली भाषा, साहित्य र सात्यिक पत्रकारिताको क्षेत्रमा समेत बिगत छ दशक देखि क्रियाशिल साहित्यकार हुन् । प्रतिष्ठानले ५१ हजार नगदसहित प्रसंशाले पुरस्कृत गरेको छ ।
जगदीश घिमिरे प्रतिष्ठानका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षमा भएको थियो कार्यक्रममा साहित्यले मनोरञ्जन मात्र होइन परिवर्तन र शिक्षाको संवाहकमा पनि शक्ति हुने हुँदा साहित्यलाई बचाइ राख्नुपर्नेमा जोड दिँदै कार्यक्रमका प्रमुख अतिथि तथा मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले रामेछाप जिल्लामा कला,साहित्य र पत्रकारीतामा महत्त्वपूर्ण भूमिका खेल्नुभएका घिमिरेको स्मृतिमा साहित्य सभा भएकोमा हर्षित भएको बताए । 
साहित्यिकसभामा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘जगदीश घिमिरेका प्रतिनिधि कथाहरु’ नामक पुस्तकको विमोचित समेत गरिएको थियो । 
कार्यक्रममा विधान आचार्य ,महेश प्रसाईं ,शंखर भारति, आरआर चौलागाइ , त्रिभुवनचन्द्र वाग्ले अश्विनि कोइराला , देविका तिमल्सिना लगाएतले राष्ट्रिय तथा स्थानिय गरि झण्डै दुई दर्जन कविहरुले कविता प्रस्तुत गरेका थिए । कवितामा समसामयिक राजनितीक तथा समाजिक परिवेशलाई समेटिएको थियो भने केही कवितामा नारी र माटोको महत्वको वर्णन पनि गरिएको थियो । रचना बाचन गर्दै सर्जकहरुले तीनलालको जिल्ला भनेर चिनिने रामेछाप जिल्लालाई जगदीश घिमिरेलाई एक लालको रुपमा थपेर चार लालको जिल्ला भनेर घोषणा गर्नुपर्ने माग पनि गरेका छन् । 
साहित्यकार रोचक घिमिरेको व्यक्तित्वका बारेमा साहित्यकार प्राज्ञ मातृका पोखरेलले चर्चा गर्नुभएको थियो । 
सो अवसरमा साहित्यकारको मागलाई नगर प्रमुख रमेश बस्नेतले जगदिश घिमिरेलाई चौथो लालको रुपमा चिनाउन आफूले सकेको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका साहित्यकारहरुले आ–आफ्नो सिर्जनाहरु वाचन गरेका थिए भने एक सय भन्दा बढि साहित्यकारहरुको सहभागीता रहेको थियो । 































































No comments:

Post a Comment